What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् – कांग्रेस नेता सिंह
What To Know
- सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”.
- कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोल्नुभएको थियो । रासस.
सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”
पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र काङ्ग्रेस एक ढिक्का हुुने बताउनुभयो । काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उहाँको भनाइ थियो ।
प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप नेता सिंहले लगाउनुभयो । उहाँले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोल्नुभएको थियो । रासस