बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भाेलि सार्वजनिक बिदा
बनेपा । काभ्रेका दुई स्थानीय सरकारले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । स्थानीय पर्वका लागि प्रदेश नं. तीन अन्तरगत काभ्रपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् । शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ ।
पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो । जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो ।
संघीय सरकारले सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएको भन्दै बिभिन्न पर्व, दिवस तथा अबसरहरुमा दिँदै आएको बिदा कटौती गरेको थियो । तर प्रदेश तथा स्थानीय सरकारहरुले भने आफूखुसी स्थानीय पर्व बिदाका नाममा सार्वजनिक बिदा दिँदै आएका छन् ।