बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काठमाडौँका थप यी ८ स्थानमा ट्राफिक लाइट राखिँदै
काठमाडौँ । सवारी चाँप बढी हुने काठमाडौँका थप ८ वटा मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गरिने भएको छ । ट्राफिक लाइटले सवारी ब्यवस्थापनमा सहज हुनेम भएकाले नयाँ केही स्थानमा लाइट राख्न लागिएको हो । विभागमा ट्राफिक इकाइ प्रमुख दीप बाराहीका अनुसार केही ठाउँमा नयाँ जडान गरिने छ भने केही चोकहरुमा रहेका पुरानै ट्राफिक लाइटहरु मर्मत गरी बाल्न लागिएको हो ।
कहाँ कहाँ राखिँर्दैछ ट्राफिक लाइट ?
काठमाडौंमा बढी व्यवस्त हुने सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिँदैछ । तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोड्नुपर्ने हुन्छ । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउन लागिएको छ । स्रोतका अनुसार यसका लागि भ्याट रकमबाहेक ५७ लाख खर्च हुनेछ ।
गत वर्ष नयाँबानेश्वर र महाराजगञ्जको बत्ती मर्मत गरेर परीक्षण गरिएको थियो । नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । तर नयाँ बानेश्वर चोकको लाइट भने कहिले काहीँ मात्र बल्ने गरेको छ ।
०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा काठमाडौंका सडकमा ट्राफिक बत्तिहरु जडान गरिदिएको थियो । तर, अधिकांश लाइटहरु अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिग्रिएका छन् ।