What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

डाक्टरहरुले पैसा कमाउने मात्रै होईन समाजसेवा पनि गर्नुपर्छ : महामन्त्री डा.कोईराला
What To Know
- कोईरालाले भन्नुभयो “ चिकित्सकहरुको अनुभव र अनुसन्धानले स्वास्थ्य क्षेत्रको राष्ट्रिय नीति निमार्णमा महत्वपूर्ण भुमिका खेल्छ ।” आफूले २० वर्ष मेडिकल कलेज पढाएर राम्रो डाक्टर बनाए पनि विवेशशिल डाक्टर बनाउन नसकेको बताउँदै महामन्त्री कोईरालाले ६ वर्षदेखि १६ वर्षसम्मका बालवालिकाहरुलाई घरपरिवार र विद्यालयबाट उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालवालिकाहरुमा भोलिको राष्ट्रको भविष्य निर्भर भएको भन्दै महामन्त्री कोईरालाले भन्नुभयो, “समृद्ध नेपाल निमार्णको लागि सबैले स्वास्थ्य, शिक्षा र बालवालिकाको वृद्धि विकासमा ध्यान दिनु आवश्यक छ ।”.
- विकासका पूर्वाधारबाट वञ्चित स्थानीयहरुले गाउँमा नै मुटुको परीक्षण गर्न पाउँदा खुसी लागेको स्थानीय बालकुमारी थापाले बताउनुभयो । “पहिलो पटक गाउँमा नै इको मेसिन प्रयोग गरी स्थानीयहरुको मुटु परीक्षण गराउने बाल संगठनप्रति आभारी छौँ ।” वडा अध्यक्ष पूर्णसिंह खण्डलुक मगरले भन्नुभयो, “भौगोलिक विकटताले गर्दा पनि स्थानियहरु रोग लुकाएर बाच्न बाध्य छन् । रोग जटिल नहुँदा सम्म अस्पताल नजाने हुदा समयमा उपचारको अभावमा धेरैको मृत्यु पनि हुने गर्दछ ।”.
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले पैसा कमाउनको लागि मात्रै डाक्टरहरुले काम गर्न नहुने बताउनुभएको छ । शुक्रवार नेपाल बाल संगठन नवलपुरले बुलिङ्गटार ५ भदौरेमा गरेको मुटुरोग सम्बन्धी निशुल्क परीक्षण कार्यक्रममा महामन्त्री डा. कोईरालाले चिकित्सकहरु पैसामुखी नभई समय समयमा गाउँघरहरुमा पनि शिविर संचालनदेखि गरिव जनताको सेवामा पनि लाग्नुपर्ने बताउनुभएको हो ।
आफूले पनि मेडिकल कलेजमा काम गर्दा देशभरका विभिन्न स्थानमा क्याम्प गरी रिपोट तयार पारेको स्मरण गर्दै महामन्त्री डा. कोईरालाले भन्नुभयो “ चिकित्सकहरुको अनुभव र अनुसन्धानले स्वास्थ्य क्षेत्रको राष्ट्रिय नीति निमार्णमा महत्वपूर्ण भुमिका खेल्छ ।” आफूले २० वर्ष मेडिकल कलेज पढाएर राम्रो डाक्टर बनाए पनि विवेशशिल डाक्टर बनाउन नसकेको बताउँदै महामन्त्री कोईरालाले ६ वर्षदेखि १६ वर्षसम्मका बालवालिकाहरुलाई घरपरिवार र विद्यालयबाट उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालवालिकाहरुमा भोलिको राष्ट्रको भविष्य निर्भर भएको भन्दै महामन्त्री कोईरालाले भन्नुभयो, “समृद्ध नेपाल निमार्णको लागि सबैले स्वास्थ्य, शिक्षा र बालवालिकाको वृद्धि विकासमा ध्यान दिनु आवश्यक छ ।”
पहाडी क्षेत्रका बालवालिकाहरु विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएको र पछिल्लो समय वालवालिकाहरुको मुटुमा समस्या बढ्दै गएकोले यसबारे सचेत गराउन मुटु परीक्षणको कार्यक्रम गरिएको बाल संगठन नवलपुरका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो ।
जौवारी भदौरेको उदय माध्यमिक विद्यालयमा विद्यार्थी, अभिभावक र स्थानीय गरी करिब १२ सय जनाको मुटुको परीक्षण गरिएको छ । (National Heart&Lung society Nepal) राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपालका संयोजक रामचन्द्र खत्रीको संयोजनमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा.अमिर खान, र अन्य सहयोगी डाक्टरहरु प्रितम पाण्डे, सुलव सुवेदी र सुरेन्द्र सिग्देलको समुहले मुटुको इको काडियोग्राफी परीक्षणसंगै परामर्श समेत दिनुभएको थियो ।
परीक्षणको क्रममा २ जना वालवालिकाहरुमा मुटुमा प्वाल, (ASD) एक जनामा डेस्टोकाडिया (दाहिनेमा मुटु) र ३० जनामा मुटुको भल्व सामान्यदेखि जटिल अवस्थासम्ममा सागुरिएको र खकुल्लो भएको भेटिएकोे डा.प्रितम पाण्डेले जानकारी दिनुभयो ।
विकासका पूर्वाधारबाट वञ्चित स्थानीयहरुले गाउँमा नै मुटुको परीक्षण गर्न पाउँदा खुसी लागेको स्थानीय बालकुमारी थापाले बताउनुभयो । “पहिलो पटक गाउँमा नै इको मेसिन प्रयोग गरी स्थानीयहरुको मुटु परीक्षण गराउने बाल संगठनप्रति आभारी छौँ ।” वडा अध्यक्ष पूर्णसिंह खण्डलुक मगरले भन्नुभयो, “भौगोलिक विकटताले गर्दा पनि स्थानियहरु रोग लुकाएर बाच्न बाध्य छन् । रोग जटिल नहुँदा सम्म अस्पताल नजाने हुदा समयमा उपचारको अभावमा धेरैको मृत्यु पनि हुने गर्दछ ।”
त्यस्तै नेपाल बाल संगठन नेपालले शिव माध्यमिक विद्यालय बुलिङटार ६ अत्रौलीमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । विद्यार्थीहरुमा स्वस्थ शिक्षाको लागि विद्यालयको बातावरण देखि पोशाकले पनि प्रभाव पार्ने हुदा बाल कक्षादेखि ८ कक्षा सम्मका ३ सय ५० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको बाल संगठनका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो ।