लघुकथा : इमानी र पैसा

यकिना अगाध
इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रशंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रै वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले लगाइरहेको बस्त्र इमानीले पैसाको एकै वचनमा खुरुक्क खोलेर दियो ।

पैसा इमानीको बस्त्र लाएर त्यहाँबाट निस्क्यो । मान, प्रतिष्ठा, इज्जत त्यही बाटो भएर हिडिरहेको थियो । उनीहरुले इमानीको लुगा लाएको पैसालाई इमानी हो भन्ने ठान्यो र भेट्नको लागि पछि लाग्यो । उनीहरु इमानीको पछि लागेको देखेर अरु दुनियाँ पनि पछि लाग्यो । त्यो दिनदेखि पैसाको खुबै शान बढ्यो । विचरा ! इमानी भने निर्वस्त्र भएर अध्यारो गुफाभित्र सधैंको लाकि लुकिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *