संघीयताले सदरमुकाम र केन्द्रसम्म धाउनुपर्ने जनताको बाध्यता हट्याे : मुख्यमन्त्री गुरुङ

कौरव खत्री
बाग्लुङ्ग । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता भनेको जनताको सबैभन्दा सस्तो प्रणाली भएको बताउनुभएकाे छ । बुधवार घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोटले आयोजना गरेको ३३ औं वार्षिकोत्सव, २५६३ औं बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन गर्दै गरुङले सदरमुकाम र केन्द्र सम्म धाउनुपर्ने जनताको बाध्यता हटेको बताउनु भएकाे हाे ।

मुख्यमन्त्री गुरूङले मुलुककाे सांस्कृतिक विविधतालाई आर्थिक रुपान्तरणसँग जाेड्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पाण्डवखानी कला र संस्कृतिसंगै प्राकृतिक रुपमा स्रोत र साधनले धनी रहेको छ ।  अव गण्डकी प्रदेशले यस क्षेत्रको विकास र समृद्धिका निम्ति नीति तथा कार्यक्रम तय गरेर अगाडी बढाउँछ । स्राेत साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नु अवस्था गम्भीर हाे । ‘

‘गरिबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाण पत्र हाेइन सीप हासिल प्रमाण पत्र भएको हुनुपर्छ’ मुख्यमनत्री गुरूङले भन्नुभयाे, ‘गरिबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्छ ।’

भारत र चिनसँग जोडिएको गण्डकीलाई कालिगण्डकी करिडोर र मध्यपहाडीले आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताउदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले ३०० घरबास सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी समेत दिनुभयाे ।

पूर्णिमा मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, महिला तथा पुरुष भलिवल प्रतियोगिता, पाण्डवखानीमा प्रचलित सती घाटु, सांस्कृतिक झाँकी, सोरठी र  जडीबुटी प्रदर्शनी लगायतको कार्यक्रम रहेको मञ्चका सह– सचिव सुरेश छन्त्यालले जानकारी दिनुभयाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *