माध्यमिक तह मध्यपश्चिमाञ्चल अंग्रेजी विषयको नतिजा प्रकाशन ( नतिजासहित )

काठमाडाैँ । शिक्षक सेवा आयोगले २०७५ असाेज ११ मा लिएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मध्यपश्चिमाञ्चल अन्तर्गतकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले बुधबार वेवसाइट मार्फत नतिजा प्रकाशन गरेकाे हाे ।

नतिजाको जानकारी  एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले  TSC स्पेस आफ्नो रोल नं. टाइप
गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

अन्य क्षेत्रकाे रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

जस्तैः गुल्मीको रोल नं.४६३०१००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज वक्समा गई TSC स्पेस 4630300004 टाइप गरी 31007 मा मेसेज पठाउने ।

लिखित परीक्षामा नाम निकालेकाहरूकाे अन्तर्वार्ता आगामी जेठ ६ गते आयाेगकाे कार्यालय सानाेठीमी भक्तपुरमा हुने सूचनामा जनाइएकाे छ ।

हेर्नुहाेस् नतिजा तथा अन्तरवार्ता सम्बन्धी जानकारी 

यसअघि मध्यपश्चिमाञ्चल हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । -सम्पादक

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *