एउटा यस्तो समाज जहाँ छोरी नै बन्छन् आफ्नै आमाको सौता

एजेन्सी । बिचित्रको छ यो संसार मानव समाज अनि संस्कार पनि । कतिपय समाजमा रहेका चलनचलती र उनीहरुको परम्परागत संस्कारका बारेमा सुन्दा उचम्म लाग्छ । त्यतिमात्र होइन केही कुराहरुमा त पटक्कै विश्वास समेत लाग्दैन तर ती यथार्थ हुन्छन् ।

पत्याउनुहुन्छ छोरी नै आफ्नै आमाको सौता बन्छन् भन्दा यो खबरको शिर्षक पढेर त सायद विश्वास लागेन होला तर यो वास्तविता हो । यो खबर बंगलादेशको हो त्यहाँको एक समाजमा छोरी नै आफ्नै आमाको सौता बन्छन् अर्था आफ्नै बाबुसँग छोरीले बिहे गरेर बस्छिन् । अङ्ग्रेजी वेवसाइट द गार्डियनका अनुसार बंगलादेशको मंडी जातिमा यो अचम्मको संस्कार छ । यो परम्परादेखि नै यसरी चल्दै आएको छ ।

कुनै महिलाको पति कम उमेर मै मृत्यु भयो भने उनले आफ्नो पतिको खानदानकै एक कम उमेरको पुरुषसँग बिहे गर्नुपर्छ । ओराला डालबोट नामकी एक ३० वर्षिय महिलाको भोगाईलाई उल्लेख गर्दै गार्डियनले लेखेको छ की ओरालाले जसलार्य पिता समान नजरबाट हेरेकी थिइन् उसैसँग ओराला किशोरावस्थमा लागेपछि आफ्नी आमासँगै एउटै मण्डपमा राखेर उनको पनि विवाह गरिएको थियो ।

कम उमेरको पुरुषसँग विवाह गर्दा उसले लामोसमयसँग आमाछोरी दुबै जनाको राम्रो देखबहाल गर्न सक्छ भन्ने उनीहरुको जनविश्वास रहिआएको छ । यसरी विवाह गरेका आमा छोरी एउटै घरमा एउटै पतिकासाथ रहने गरेका छन् । समाचार अनुसार ओरालाको तीन सन्तान छन् भने उनका पतिबाटै आमाले पनि दुई सन्तान जन्माएकी छिन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *