बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु : महासचिव पौडेल

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार रहेको बताउनुभएकाे छ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताउनुभएकाे हाे ।

बैठकमा महासचिव पाैडेलले भन्नुभयाे ‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’

बैठकमा महासचिव पाैडेले संसदमा प्रस्तुत अहिलेकाे नीति तथा कार्यक्रमले सरकार जनताप्रति उत्तरदायि रहेकाे पुष्टी गरेकाे समेत बताउनुभयाे । उहाँले नीति तथा कार्यक्रमकाे प्रभाबकारि कार्यन्वयन गर्नुपर्ने बताउनुभयाे ।  उहाँले भन्लेनुभयाे, ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन । यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *