जागिरमा छिट्टै प्रोमोसन चाहानुहुन्छ ? यी काम गर्नुस्

काठमाडाैँ । जागिरे सबैकाे चाहना हुन्छ कि आफ्नो जागिरमा  प्रोमोसन होस्, तलब बढोस् अरूले आफूलाई राम्रो नजरले हेरून् । यी यस्ता चाहना नराख्नेहरू त सायदै हाेलान् ।  आफ्ना चाहनाहरू पूरा गर्न लगभग सबैले नै आफूले सक्दो प्रयास गरिरहेकै हुन्छ । तर, मानिसले स-साना कुराहरुलाई विचार नगर्दा उक्त कार्यमा सफल नहुन सक्छ । यसले मानिसलाई चिन्ता, तनाव, कामप्रति वितृष्णा ल्याउँछ । मानिसले केही सामान्य कुराहरु विचार गर्न सके सहजै मानिसले अफिसमा आफूलाई राम्रो स्थानमा पुर्याउन सक्छ । यसका लागि केही कुराहरू पनि विचार गर्नु पर्ने हुन्छ –

नियमित कामभन्दा अन्य जिम्मेवारी पनि लिने

आफ्नो फाइदाका लागि आफ्नो जागिर अन्तर्गत नपर्ने तर अफिसको काममा समेत भाग लिनु राम्रो हुन्छ । यसले मानिसलाई थप चर्चित र पहिचान दिलाउँछ । यसले मानिस सहजै बोसको नजरमा पर्न सक्छ । यसैले नयाँ जिम्मेबारी लिने, नयाँ काम गर्ने गरे पनि प्रोमोशनलाई थप बलियो बनाउने माध्यम हुन सक्छ ।

अरूलाई मद्धत गर्ने

जब मानिसले अन्य विभागको काममा मद्दत गरेर आफ्नो कामलाई समेत सहज बनाउँछ । पछि आफूलाई पनि कुनै काम अरूबाट आवश्यक परेको अवस्थामा सहजै लिन सक्नुहुन्छ, र एक-अर्कामा राम्रो सम्बन्ध बन्छ । यसले पनि मानिसलाई अगाडि बढ्न मद्धत गर्छ ।
यस्तै, कसैले गल्ति गरे त्यसलाई सुधार्ने तर्फ लाग्नु राम्रो हुन्छ । कोही मानिस भने कसैले गल्ति गरे उसलाई गाली गर्ने, तल झारेर कुरा गर्ने काम पनि गर्छन्, यसले मानिसले आफ्नो साख गुमाउन पुग्छ । यसले मानिस स्वंयलाई ने असर गर्छ ।

सहकर्मीलाई साथी सम्झने

आफ्नो सहकर्मीहरुलाई साथीको व्यवहार गर्नुपर्छ । प्रतिद्धन्दीको जस्तो व्यवहार नगरी उनीहरूसँग राम्रो सम्बन्ध बनाउनु पर्छ । अफिस र यसको बाहिर पनि साथित्व कायम गर्नुपर्छ । यसले मानिसलाई अगाडि बढ्नका लागि सहज हुन्छ ।

बोससँग अनावश्यक बहस नगर्ने

आफ्नो बोससँग कहिल्यै पनि बहस गर्ने र उसको क्षमतामाथी नै प्रश्न उठाउने काम कहिल्यै गर्नुहुन्न । बोसबाट सकेसम्म सहयोग लिने र अन्य चिन्ता छाड्ने काम गर्नुपर्छ । यसले मानिसको विकासको मार्गलाई थप बाटो निर्माण गर्छ । मानिसले यस्तो तरिकाका खोज्नु पर्छ, जसबाट निर्णय प्रक्रियामा आफ्नो प्रभाव बढाउन सकियोस् । तर यस्तो गर्दा कुनै कन्फ्युजन नहुनु राम्रो हुन्छ । यस्तो भए तपाईको साथी या आफूमाथीका कर्मचारीहरू तपाईको शस्त्रु बन्न सक्छन् । यसले मानिसले बोसको भरोसा जित्न असफल हुन्छ ।

कामका क्रममा यस्ता वाक्यहरु पनि फाइदाजनक हुन्छ

म यो जान्दिनः धेरै मानिसहरू यो वाक्य बोल्न चाहँदैनन्, उनीहरुलाई के लाग्छ भने यसो गर्दा आफू अरूभन्दा नजान्ने भइन्छ । यदी यस्तो सोचोर अगाडि बढ्न खोजे झन् थप समम्या आउँछ, यसले आफैलाई बेफाइदा गर्छ ।

म गलत थिएः यदी मानिसले गल्ति गरिरहेको छैन् भने यसको अर्थ यो हुन्छ की उसले त्यति धेरै कठिन प्रयास गरिरहेको छैन्, जति गर्नुपर्ने थियो । अगाडि बढ्नका लागि मानिसलाई आफ्नो कामलाई चुनौतीपूर्वक गर्नुपर्छ । ‘म गलत थिए’ भन्ने वाक्यलाइ स्विकार्न सके मानिस ती गल्तीहरुलाई पाखा लगाएर नयाँ सफलतातर्फ अगाडि बढ्छ ।

मलाई मद्धत चाहिन्छः मद्धत माग्नु, नयाँ कुरा सिक्नु, ज्ञान बढाउने र विशेषज्ञता हासिल गर्नु हो । यसले कम्पनीमा तपाईको माग बढ्न जान्छ । यसले अन्यसँग काम गर्ने मानिसको इच्छा पनि देखिन्छ ।

के तपाईलाई मद्धत चाहिन्छः यदी तपाईसँग कसैले मद्धत मागे, त्यसलाई सहर्ष स्विकार गर्नुपर्छ जुन मानिसले आफ्नो ज्ञान, संपर्क र कामलाई सहज बनाउने तरिका सहकर्मीहरूसँग बाढ्छ उसले आफूलाई परेको बेलामा पनि सहयोग पाउँछ । एजेन्सीकाे सहयाेगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *