बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बन्दामा छन् यस्ता बहुउपयाेगी गुण, कब्जियतको समस्याकाे रामवाण !
काठमाडाैँ । बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । जसले हामीहरुलाई निरोगी बनाउँछ ।
बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।
बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।