१२७ सार्वजनिक शौचालय बनाउँदै काठमाडाैँ महानगर, यी हुन् सिफारिस गरिएका स्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्गी संयोजकत्वमा गत  ६ माघमा गठन भएको कार्यदलले महानगरभित्र विभिन्न २ सय ८४ स्वथानमा सार्वजनिक शौचालय बनाउन सिफारिस गरेको थियाे । तर महानगरले तत्काल १ सय २७ वटा शाैचालय बनाउन गृहकार्य थालेको छ ।

कार्यदलले हाल सञ्चालनमा रहेका ५८ वटा सार्वजनिक शौचालयको सुविधा समेत थप्न भनेको छ। प्रतिवेदनमा भनिएको छ, ‘पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमशः नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुपर्छ ।

’यसमा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन बिश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने देखाइएको छ।

कहाँ कहाँ बन्दै छ 

टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नु पर्ने स्थानका रुपमा सिफारिस भएका छन्।यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसि, जुद्ध शालिक आसपास, हनुमान ढोका, जमल, लैन चौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नु पर्ने स्थानमा रुपमा शिफारिस छन् ।

महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *