What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘सरकार समाजवादको यात्रामा अघि बढ्यो’
What To Know
- चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल (कोनेप) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले १३०औँ मजदूर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकार समाजवादतर्फ उन्मुख भइरहेको हुनाले मजदूरका समस्या सबै हल हुने बताउनुभयो । जुलुस नै गरेर तलब बढाउनुपर्ने र आन्दोलन गरेर हकअधिकार लिनुपर्ने अवस्था अन्त्य भएको पाण्डेले बताउनुभयो ।.
- नेता पाण्डेले यसपटकको बजेटले वृद्धभत्ता बढाउने बताउँदै उहाँले भन्नुभयो, “वृद्धभत्ता समाजवादको कडी हो, सरकार समाजवादतर्फ जाँदैछ, त्यसैले पनि वृद्धभत्ता बढाउनुपर्छ, बढ्छ ।” उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइने बताउनुभयो । बालकलाई निःशुल्क पढाइ, वृद्धवृद्धालाई भत्ता, बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेर सरकार समाजवादतर्फ उन्मुख भइरहेको नेता पाण्डेको भनाइ थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव शालिकराम काफ्लेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस.
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल (कोनेप) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले १३०औँ मजदूर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकार समाजवादतर्फ उन्मुख भइरहेको हुनाले मजदूरका समस्या सबै हल हुने बताउनुभयो । जुलुस नै गरेर तलब बढाउनुपर्ने र आन्दोलन गरेर हकअधिकार लिनुपर्ने अवस्था अन्त्य भएको पाण्डेले बताउनुभयो ।
नेता पाण्डेले यसपटकको बजेटले वृद्धभत्ता बढाउने बताउँदै उहाँले भन्नुभयो, “वृद्धभत्ता समाजवादको कडी हो, सरकार समाजवादतर्फ जाँदैछ, त्यसैले पनि वृद्धभत्ता बढाउनुपर्छ, बढ्छ ।” उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइने बताउनुभयो । बालकलाई निःशुल्क पढाइ, वृद्धवृद्धालाई भत्ता, बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेर सरकार समाजवादतर्फ उन्मुख भइरहेको नेता पाण्डेको भनाइ थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव शालिकराम काफ्लेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस