बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा
काठमाडौं । शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार विश्वका उत्कृष्ट ५० जना नेतृत्वकर्ताको सूचीभित्र परेकी छन् । अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको वर्ल्डस् ग्रेटेष्ट लिडर काे सूचीमा मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवार परेकी हुन् ।
अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा नेपाली चेली दनुवारलाई ३६ औं नम्बरमा राखेकाे छ । मानव बेचबिखनविरुद्ध उनले गरेकाे कामका कारण उनलार्इ सूचीमा सूचीकृत गरिएकाे म्यागिनमा जनाइएकाे छ ।
नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन धन्दामा लगाउने गरिएकाे छ । दनवारले नेतृत्व गरेकाे शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा धेरै महिलाको उद्धारमा सघाएको म्यागेजिनमा उल्लेख छ ।
शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार १४ वर्षको उमेरमा भारतको बेश्यालयमा बेचिएकी थिइन् । दनुवार ६ महिनापछि बेश्यालय मुक्त हुन सफल भएकी थिइन् ।