हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा सर्वाेच्चकाे आदेश
काठमाडौँ । सर्वोच्च अदालतले तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । वि.सं २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सर्वाेच्चले आदेश दिएकाे हाे ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले उक्त विवाद नटुंगिएसम्म ती नागरिकतावाहकका सन्तानलाई वंशज नागरिकता जारी नगर्न आदेश दिएकाे हाे ।
दुई दिनअघि न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विगतका विवादास्पद नागरिकता खारेजको सम्बन्धमा सरकारले गरेको काम कारवाहीको विवरण पेश गर्न आदेश दिएको थियो।