पल शाह वायाेग्राफी – उमेर, शिक्षा, हाइट, फिल्मी यात्रा

काठमाडाैँ । पल शाह नायक तथा मोडल हुन् । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका शाह पछि चलचित्र क्षेत्रमा लागेका हुन् । उनी नायक भन्दा पनि मोडलका रुपमा बढी परिचित छन् । उनको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली चलचित्र जगतमा छोटो समयमा नै लोकप्रियता कमाएका छन् ।

नाम : पल शाह
जन्म मिति : १५ सेप्टेम्बर १०८९
जन्म स्थान : दाङ नेपाल
पेसा : मोडल तथा नायक
उचाई : ६ फिट ९ इन्च
स्कूल : गंगा उच्च मावि
डेब्यु म्युजिक भिडियो :  तिम्रो यादमा रुन्छु अचेल
डेब्यु चलचित्र : नाइ नभन्नु ल ४
म्युजिक भिडियो : को होला त्यो, हनि बनी, आइ लभ यू, फिदा, पुनर्जन्म
चलचित्र : नाइ नभन्नु ल ४, म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रु गते, बीर बीक्रम
अवार्ड :  वेष्ट डेब्यु एक्टर अवार्ड

पल शाहको जन्म सन् १९८९ सेप्टेम्बर १५ मा दाङमा भएको हो । उनकाे न्वारनकाे नाम भने पूर्ण बिक्रम शाह हाे । उनका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउनुहुन्थ्यो । उनको बाल्यकाल दाङ मै बितेको हो । स्थानीय गंगा उच्चमाविमा स्कूले जीवन बिताएका उनी उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आएका हुन् । त्यसपछि सुरु भएको हो उनको अभिनय यात्रा । तिम्रो यादमा रुन्छु अचेल बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उनको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो । उनले अहिले करिब २ सय म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी अभिनित धेरैजसो गीत चर्चित छन् ।

फिल्मी यात्रा

उनको फिल्मी यात्रा भने सन् २०१६मा नाइ नभन्नु ल को सेक्वयलमा बनेको नाइ नभन्नु ल ४ बाट सुरु भएको हो । यो चलचित्र बक्स अफिसमा निकै सफल पनि भयो । यही चलचित्रबाट उनले बेष्ट डेब्यु आर्टिष्टको अवार्ड समेत प्राप्त गरे । तर उनी नायकका रुपमा भन्दा पनि मोडलका रुपमा दर्शकमाझ निकै परिचित छन् ।

बिभिन्न समयमा उनका प्रेम सम्बन्धका विषयलाई मिडियाहरुमा गसिप चलिरहन्छ । उनको केही मोडल तथा नायिकाहरुबीच पनि अफएयर चलिरहेको बताइन्छ । आँचल शर्मासँगको सम्बन्धलाई लिएर मिडियामा बढी चर्चा हुने गरेको छ तर उनले असल साथीबीचको सम्बन्ध भएको तर्क गर्दै आएका छन् । म यस्तो गीत गाउँछु चलचित्रमा अभिनयपछि पुजा शर्मासँगको सम्बन्धले पनि चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *