नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

स्थानीय तहः करोडौँ रकम गाडी र फुटकर योजनामै
जनकपुर । प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् । जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
उनीहरुले फुटकर योजनामै करोडौँ रकम खन्याइरहेका छन् । धनुषाका १८ स्थानीय तहमध्ये केहीले ठेक्का वा उपभोक्ता समितिमार्फत योजना सम्झौता गरे पनि अधिकांशमा काम सुरु भएको छैन । बजेट खर्च सुस्त छ ।