बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जागरण अभियानका लागि कांग्रेसका प्रतिनिधि को कहाँ खटिए ? सूचीसहित
काठमाडौँ । कांग्रेसले लोकतन्त्र दिवसका दिन पारेर वैशाख ११ देखि सुरु गर्न लागेको जागरण अभियानका लागि ७७ जिल्लाकै लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारीहरु भने सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा खटिएका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कांग्रेस सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशमा उपसभापति विमलेन्द्र निधि, गण्डकी प्रदेशमा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नम्बर ५ मा महामन्त्री सशांक कोइराला र कर्णाली प्रदेशमा कोषाध्यक्ष सीतादेवी यादव खटिएका छन् । शीर्ष नेताहरु यी प्रदेशभित्र आयोजना हुने कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि बन्नेछन ।
खटाईएका अधिकांश सदस्यहरु जिल्ला जाने क्रम सुरु गरेका छन । बैशाख ११ गते एकैदिन ७७ जिल्लाबाटै अभियानको उद्घाटन गरिने भएको छ । पार्टी सुदृढीकरण र सरकारका गलत कामकारवाहीका बिरुद्ध कांग्रेसले एक महिना सम्म जिल्लाव्यापी अभियान चलाउने भएको हो । जिल्ला केन्दि्रत यो अभियानपछि कांग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।
जागरण अभियानका लागि को कहाँ खटिए ?
प्रदेश नं. १ का १४ जिल्ला
१ ताप्लेजुङ सरिता प्रसाई
२ पाँचथर लक्ष्मी परियार
३ इलाम अमृत अर्याल
४ संखुवासभासिता गुरुङ
५ तेह्रथुम हसन अन्सारी
६ धनकुटा डा. नारायण खड्का
७ भोजपुर रामहरि खतिवडा
८ खोटाङ उदयशम्शेर राणा
९ सोलुखुम्बु लक्ष्मी राई
१० ओखलढुंगामिनाक्षी झा
११ उदयपुर प्रदीप गिरी
१२ झापा ज्ञानेन्द्रबहादुर कार्की
१३ मोरङ कृष्णप्रसाद सिटौला
१४ सुनसरी महेश आचार्य
प्रदेश नं. २ का ८ जिल्ला
१५ सप्तरी आनन्दप्रसाद ढुंगाना
१६ सिरहा महेन्द्र यादव
१७ धनुषा बलबहादुर के.सी.
१८ महोत्तरी चित्रलेखा यादव
१९ सर्लाही महालक्ष्मी उपाध्याय ‘डिना’
२० रौतहट रमेश रिजाल
२१ बारा प्रकाशमान सिंह
२२ पर्सा फरमूल्लाह मन्सुर
प्रदेश नं. ३ का १३ जिल्ला
२३ दोलखा रामकृष्ण यादव
२४ रामेछाप किरण यादव
२५ सिन्धुली डा. रामशरण महत
२६ काभ्रेपलाञ्चोकडा. शेखर कोइराला
२७ सिन्धुपाल्चोकअम्बिका बस्नेत
२८ रसुवा जीवन परियार
२९ नुवाकोट मीन विश्वकर्मा
३० धादिङ प्रदीप पौडेल
३१ चितवन रमेश लेखक
३२ मकवानपुर अर्जुननरसिंह के.सी.
३३ भक्तपुर डा. मिनेन्द्र रिजाल
३४ ललितपुर सुरेन्द्रराज पाण्डे
३५ काठमाडौं बालकृष्ण खााण
गण्डकी प्रदेशका ११ जिल्ला
३६गोरखा ध्यानगोविन्द रञ्जित
३७लम्जुङ कमला पन्त
३८तनहुँनविन्द्रराज जोशी
३९कास्कीअर्जुनप्रसाद जोशी
४०मनाङ कृष्णचन्द्र नेपाली
४१मुस्ताङबहादुरसिंह (लामा) तामाङ
४२पर्वत चिनकाजी श्रेष्ठ
४३स्याङ्जागोविन्द भट्टराई
४४म्याग्दीशुक्रराज शर्मा
४५बाग्लुङशंकर भण्डारी
नवलपुर (बर्दघाट सुस्तापूर्व)दिपक गिरी
प्रदेश नं. ५ का १२ जिल्ला
४६)नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) राधेचन्द्र यादव
४७)रुपन्देहीपुष्पा भुसाल
४८)कपिलवस्तुहरिप्रसाद नेपाल
४९)पाल्पा बालकृष्ण पाण्डे
५०)अर्घाखाँचीदिपकुमार उपाध्याय
५१)गुल्मी अजयकुमार चौरसिया
५२)रूकुम (पूर्वी भाग)रत्न शेरचन
५३)रोल्पा मानबहादुर विश्वकर्मा
५४)प्यूठानशिवराज जोशी (सुर्खेत)
५५)दाङ मोहनबहादुर बस्नेत
५६) बाँके श्यामकुमार घिमिरे
५७)बर्दिया डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
५८)रूकुम (पश्चिम भाग)राजनप्रसाद पन्त
५९)सल्यानपार्वता डी.सी. चौधरी
६०)डोल्पा कुमार खड्का
६१)जुम्ला रमा पौडेल
६२)मुगु दिनवन्धु श्रेष्ठ
६३)हुम्ला हृदयराम थानी
६४)कालिकोटडा. चन्द्र भण्डारी
६५)जाजरकोटध्रुव वाग्ले
६६) दैलेख दिलबहादुर घर्ती
६७)सुर्खेत जीवनबहादुर शाही
सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
६८)बाजुरादिलेन्द्रप्रसाद बडू
६९)बझाङमनमोहन भट्टराई
७०)डोटी शिवप्रसाद हुमागााई
७१)अछाम-गगनकुमार थापा
७२)दार्चुलाअतहर कमाल मुसलमान
७३)बैतडी किरणराज शर्मा पौडेल
७४)डडेल्धुराबीरबहादुर बलायर
७५)कञ्चनपुरगुरुराज घिमिरे
७६)कैलालीएन.पी. साउद