लामाे कसरतपछि नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामाे कसतपछि ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको  बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रवक्ता श्रेष्ठका अनुसार सूची भने भाेलि (साेमबार) सार्वजनिक गरिने छ । केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी भने नदिइएकाे बैठकमा सहभागी एक नेताले पत्रकारहरूसँगकाे कुराकानीमा बताएका छन्। नेता बामदेव गौतमलगायतले अध्यक्षद्वयसँग सूची मागे पनि भाेलि नै दिने बताएकाे ती नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *