सुहाना थापा वायाेग्राफी – उमेर, शिक्षा, हाइट, फिल्मी यात्रा

काठमाडाैँ । सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी नव नायिका, मोडल निर्मात्री हुन् । खास गरी नायिका झरना थापा र फिल्म निर्माता सुनिता थापाकी छोरीको रुपमा परिचित उनले हालै सार्बवजनिक भएको चलचित्र ‘ए मेरो हजुर-३’ बाट नायिकाको रुपमा आफ्नो छुट्टै परिचयसमेत बनाएकी छिन् । उनले यसअघि ‘ए मेरो हजुर-२’ चलचित्र निर्माण समेत गरेकी छिन् । उक्त चलचित्रमा सलिन मान बानियाँ र राम्राज्ञी लक्ष्मी शाहले अभिनय गरेका छन् । उनको आफ्नै फिल्मी अभिनयको यात्रा भने ‘ए मेरो हजुर-३’ बाट भएको हो । यो चलचित्र ‘ए मेरो हजुर’ र ‘ए मेरो हजुर-२’ कै सेक्वयलमा तयार भएको हो । उनले यस चलचित्रमा पछिल्लो समय चर्चामा रहेका नायक अनमोल केसीसँग स्क्रीन सेयर गरेकी छिन् ।

नाम  : सुहाना थापा
जन्म मिति : ८ मे सन् १९९९
जन्म स्थान : काठमाडौँ
पिता :  सुनिल कुमार थापा
माता : झरना थापा
पेसा : नायिका, मोडल निर्माता
डेब्यु चलचित्र : ए मेरो हजुर ३
शिक्षा : ब्याचलर इन मार्केटिङ्ग
उचाई : ५ फिट ३ इन्च

सुहाना थापाको जन्म सन् १९९९ मे ८ मा काठमाडौँमा भएको हो । नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकार र चलचित्र निर्माता झरना थापा र सुनिल कुमार थापाकी एक्ली सन्तान हुन् । उनको बाल्यकाल काठमाडौँ मै बितेको हो । फिल्मी पारिवारिक वातावरणमा हुर्केकी उनले पूराना चलचित्र भने कहिल्लै नहेरेको बिभिन्न मिडियाहरुसँगको कुराकानीका क्रममा दाबी गरेकी छिन् ।

सानै उमेरमा होस्टल बसेर एसएलसी सम्मको अध्ययन सकेकी उनी +२ अध्ययन गर्न भारत गएकी थिइन् । त्यसपछि उच्च शिक्षाका लागि अमेरिका (यूएसए) गएकी थिइन् । अहिले मार्केटिङ विषय लिएर अध्ययन गर्दैछिन् । यसका साथै उनको मनोविज्ञानमा समेत रुची रहेको छ ।

पारिवारिक वातावरणको प्रभाब फिल्म निर्माताकी छोरी भएर पनि हुन सक्छ नायिकाका रुपमा भन्दा पहिले उनी एक फिल्म निर्माताको रुपमा चलचित्र जगतमा प्रबेश गरेकी हुन् । उनकी आमा झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर-२ ‘ सुहानाले निर्माण गरेकी हुन् ।

उनको अभिनय यात्रा भने ‘ए मेरो हुजुर-३’ बाट सुरु भएको हो । जसमा अनमोल केसीसँग स्क्रीन सेयर गरेकी छिन् । यो चलचित्र ‘ए मेरो हजुर’ र ‘ए मेरो हजुर- २’ कै सेक्वउलमा तयार भएको हो । एक्सन प्रदान फिल्म मन पराउने उनको मुख्य भूमिकामा एम्सन फिल्ममा अभिनय गर्ने चाहना छ । अहिले उनी अभिनित चलचित्रको बजारमा निकै चर्चा छ ।
उनको प्रेम सम्बन्धका बारेमा भने त्यस्तो खासै कुरा चल्ने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *