हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रदिप खड्का वायाेग्राफी, उमेर, शिक्षा, हाइट, फिल्मी यात्रा
काठमाडाैँ । प्रदिप खड्का नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका नव नायक हुन् । चलचित्र प्रेम गीतबाट चर्चामा आएका खड्काको आफ्नै प्रोडक्सन हाउस प्रदिप मिडिया प्रालि समेत रहेको छ ।
खड्काले सन् २०११ बाट आफ्नो ब्यवसायिक फिल्मी यात्रा सुरु गरेका थिए । सुरुका केही चलचित्र त्यही सफल नभए पनि चलचित्र प्रेमले उनलाई नेपाली सिनेक्षेत्रमा स्थापित बनायो । नायकका रुपमा प्रेम गीतबाट उनी रातारात चर्चित बने ।
नाम : प्रदिप खड्का
जन्म मिति : १० मार्च १९९२
जन्म स्थान : कुसुन्ती ललितपुर
पेसा : चलचित्रकर्मी (अभिनेता, निर्माता, लेखक)
उचाई : ५ फिट ८ इन्च
पिता : टेक बहादुर खड्का
माता : सारदा खड्का
स्कूल : प्रशिद्धि एकाडेमी
लर्डबुद्ध एजुकेसन फाउण्डेसन
शिक्षा : स्नाकोत्तर ( विजनेस एड्मिनिस्ट्रेसन इन मार्केटिङ )
डेब्यु चलचित्र : इस्याप
चलचित्र : इस्याप प्रेम गीत, प्रेम गीत–२ लिलि बिली, रोज, लभ स्टेसन, दिपेन्द्र सरकार
बैवाहिक सम्बन्ध : अविवाहित
वेव साइट : http://www.pradeepkhadka.com/
ललितपुरको कुसुन्तीमा सन १९९२ मार्च १० मा जन्मिएका प्रदिप खड्काको बाल्यकाल जन्मस्थान कुसुन्ती मै बित्यो । एसएलसी सम्मको अध्ययनपछि प्रसिद्धि एकाडेमीमा भर्ना भएका उनले त्यहाँबाट ब्यवस्थापनमा +२ पूरा गरे । उनले विजनेस एडमिनिस्ट्रेसन इन मार्केटिङ विषयमा डिग्री हासिल गरेका छन् । सिक्किम मनिपाल विश्वविद्यालयबाट मान्यता प्राप्त लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबाट उनले डीग्री पूरा गरेका हुन् । चलचित्र करियरसँगै उनले केही समय गैरसकारी संस्थामा समेत काम गरेका छन् । मिसन टू रिलिफ नेशनल नेपाल नामक संस्थामा उनले काम गरेका हुन् ।
फिल्मी यात्रा
प्रदिप खड्काको सानै उमेरदेखि चलचित्रमा अभिरुची थियो । त्यसैले पनि उने आफ्नै प्रोडक्सन हाउस सुरु गरेको उनले बिभिन्न मिडियाहरुसँगेको अन्तरवार्ताका क्रममा भनेका छन् । उनले सन २०११ मै प्रदिप मिडिया सुरु गरेका थिए । उनको डेब्यु चलचित्र स्क्याप पनि यही प्रोडक्सनबाट तयार भएको थियो । यस फिल्ममा रिमा विश्वकर्माले नायिकाको भूमिकामा अभिनय गरेकी थिइन् । तर उनको यो चलचित्र सफल हुन सकेन । बक्स अफिसमा नराम्रोसँग फेल खायो । त्यसको २ वर्षपछि प्रदिप प्रोडक्सनले तयार गरेको अर्को चलचित्र ठूलो मान्छे पनि बक्स अफिसमा सफल हुन सकेन ।
सन २०१५ मा प्रेम गीत समूह नयाँ अनुहारको खोजीमा थियो । प्रदिपले त्यसमा अडिसन दिए र छनोट पनि भए । यही नै प्रदिपका लागि जीन्दगीको नयाँ टर्निङ्ग पोइन्ट बन्यो । उनी रातारात स्टार बने । उनको यो चलचित्रले बक्स अफिसमा तहल्का नै मच्यायो । प्रेम गीतको सफलतापछि त्यसैको सेक्वयलमा उक्त टीमले प्रेम गीत २ निर्माण ग¥यो । यस चलचित्रमा पनि प्रदिप खड्का नै नायकको भूमिकामा देखिए । यो चलचित्र पनि बक्स अफिसमा एक ब्लकबस्टर मुभीका रुपमा गनियो ।
सन् २०१८ मा आएर अर्को चलचित्र लिलि बिली पनि प्रदिपको निकै सफल चलचित्र बन्यो । यसमा प्रियंका कार्की, जसिता गुरुङ्गले मुख्य भूमिकामा अभिनय गरेका थिए ।
उनकोको पछिल्ला चलचित्र रोज पछि चर्चा बटुल्न सफल भयो यस चलचित्रमा उनले मिरुना मगरसँग स्क्रीन सेयर गरेका छन् । अहिले लभ स्टेसनको बजारमा ब्यापक चर्चा छ । पूजा शर्मासँगकाे सम्बन्धका विषयलाई लिएर बेला बखत मिडियाहरूमा चर्चा हुने गरेकाे छ । उनीहरू दुई बीच प्रेम सम्बन्ध रहेकाे समेत बताइदै अाएकाे छ ।