आपत्तिजनक भिडियो हटाउँदै टिकटक, भारतमा ६० लाख भिडियो डिलिट

नयाँ दिल्ली । छोटो समयमा लोकप्रिय बनेको टिकटक एपले आपत्तिजनक भिडियो हटाउन थालेको छ । सामाजिक बिकृति द्वन्द्व फैलाउने खालका भिडियो टिकटकले स्वत डिलिट गर्न लागेको हो । हालै भारतमा त्यस्ता ६० लाख भिडियो डिलिट गरिएको छ ।

टिकटकले पछिल्लो जुलाई यता सामाजिक नियम उल्लंघन गर्ने भिडियो हटाएको बताएको छ । भारतीय टीभी च्यानल एबीपीका अनुसार भारतको मद्राश उच्च अदालतले केही दिन पहिले मात्र केन्द्र सरकारलाई उक्त एप बन्द गर्न निर्देशन दिएको थियो । उक्त एपमा बालबालिकाहरुका लागि अनुपयुक्त आपक्तिजनक भिडियोहरु रहेकाले त्यसलाई बन्द गर्न आदेशमा भनेको छ ।

कम्पनीले भने एपको उद्धेश्य त्यसकिसमका हिंसात्मक र सामाजिक द्वन्द्व एवं बितृष्णा जगाउने भिडियोको प्रचार गर्नु नरहेको जनाएको छ । साथै कम्पनीले सुरक्षित एवं नियमसम्मत ढङ्गले प्रयोग गर्न पनि प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।
टिकटकमा निर्देशक हेलेना लेरचले आगामाी दिनमा यस एपलाई अझ सुरक्षित र मर्यादित बनाउने पनि प्रतिबद्धता जनाएको समाचारमा जनाइएको छ । हालै टिकटकले भारतका हिंदी, गुजराती, मराठी, बंगाली, पंजाबी, तेलुगू, तमिल, कन्नड़, मलयालम लगायतका केही स्थानीय भाषमा समेत पेज सुरु गरेको छ ।

एपको माध्यमबाट छोटो छरितो मनोरञ्जनात्मक भिडियो बनाउने सुबिधा दिने टिकटकका नेपाली प्रयोगकर्ताहरु पनि थुप्रै छन् । हालै सरकारले पब्जी बन्द गरेपछि टिकटकले पनि सामाजिक बिकृति ल्याएको भन्दै यसलाई पनि प्रतिबन्ध लगाउनु पर्ने सामाजिक सञ्जालहरुमा बिभिन्न पक्षहरुबाट आवाज उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *