What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
मन्त्रीले नै लगाइदिए सचिवको कार्यकक्षमा ताला
What To Know
- हेटौडा । प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिनु भएको छ । कार्यसम्पादनको विषयलाई लिएर मन्त्री र सचिवबीच टकराब बढेपछि मन्त्री दुलालले मंगलबार साँझ ताला लगाइदिनुभएको हो ।.
- मन्त्री दुलाल र सचिब पौड्याल दुबै बुधबार काठमाडौँ गएका छन् । कार्यकक्षमा ताला लगाउको बारेमा सचिव पौड्यालले भने कुनै प्रतिक्रिया जनाउन्ु भएको छैन ।.
हेटौडा । प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिनु भएको छ । कार्यसम्पादनको विषयलाई लिएर मन्त्री र सचिवबीच टकराब बढेपछि मन्त्री दुलालले मंगलबार साँझ ताला लगाइदिनुभएको हो ।
फागुनको तेस्रो साता सरुवा भई मन्त्रालय हाजिर भएका सचिवले महाशाखा, र मन्त्रालयका महत्वपूर्ण निर्णय गर्नुपर्ने कामप्रति बेवास्ता गरेको मन्त्री दुलालको आरोप छ । सचिबले मातहतका कर्मचारीलाई अमर्यादित ब्यबहार गरेपछि बाध्य भएर सचिबको कार्यकक्षमा तालाबन्दी गरेको मन्त्री दुलालको भनाई छ ।

मन्त्री दुलाल र सचिब पौड्याल दुबै बुधबार काठमाडौँ गएका छन् । कार्यकक्षमा ताला लगाउको बारेमा सचिव पौड्यालले भने कुनै प्रतिक्रिया जनाउन्ु भएको छैन ।






