बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कानूनी जग्गा हिनामिनामा संलग्नता छैन :विष्णु पौडेल (विज्ञप्ती सहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैह्र कानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको बताउनु भएकाे छ ।
महासचिव पौडेलले बुधबार एक आज विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएकाे हाे ।
‘जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता अाेझेल पर्ने गरी समाचार प्रकाशित प्रसारित भएकाेमा मलार्इ दुःख लागेकाे छ ।’ जारी विज्ञप्तीमा भनिएकाे छ ।
हेर्नुस पूरा विज्ञप्ती