एसईई प्रश्नपत्र लिक गर्ने प्रहरी सहित ६ जना सार्वजनिक

२१ चैत, सप्तरी ।
प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र दुई नं। प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान थिए ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन ।

यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेवैमा ब्लेड देखिएपछि प्रश्न–पत्र हुने पोकाको तलबाट काटेर प्रश्नपत्र निकालिएको आशंका गरिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचेपछि उनीहरुले सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *