प्रेरणादायी भनाईहरु जसले बदल्न सक्छ तपाईँको जिन्दगी

What To Know

  • हामी मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।.
  • सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ ।.

 जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ ।
– ओ.जे. सिम्पसन

अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ ।
– अर्नेष्ट हेमिंग्वे

 जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन ।
– चार्ल्स डार्विन

 कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुदैन ।
– पब्लिलिएस साइरस

  जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन

भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् ।
– मदर टेरेसा

हामी मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।
– रोबर्ट कियोसाकी

 जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ ।
– स्यामुएल टेलर कलरीज

बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । सक्षम जहाज चालक भयानक तुफानमा नै क्षमता विकास गर्छ ।
– एपिक्युरस

 दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ ।
– बर्ट्रेन्ड रसेल

सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ ।
– मार्टिन लुथर किंग, जुनियर

जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
– नेल्सन मण्डेला

हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् ।
– राल्फ वाल्डो इमर्सन

लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
– विलयम शेक्सपियर

मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।
– फ्लोरेन्स नाइटिंगेल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *