गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

महिला उद्यमशीलता प्रवद्र्धनमा जोड
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताउनुभएको छ ।
अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न नारीलाई उद्यमशील तुल्याउन अपरिहार्य भएको बताउँदै सरकारीस्तरका पनि महिलालाई आत्मनिर्भर र उद्यमशीलतातर्फ उन्मुख गराउन विविध कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिनुभयो ।
“बजारको आवश्यकताअनुसार निजी क्षेत्रले पनि कार्यक्रम बनाउनुपर्छ र सरकारले तिनलाई सहयोग पुग्ने किसिमका नीति तर्जुमा गर्नुपर्छ”, सार्वजनिक–निजी साझेदारीमा महिला सशक्तीकरण एवं उद्यमशीलता विकास हुनुपर्ने बताउनुभयो ।