हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काठमाडौँका केही कुखुरा फार्ममा पनि भेटियाे बर्डफ्लु
काठमाडोँ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताउनुभयो ।
उहाँका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताउनुभयो । त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुुख अरुणकुमार गिरीले बताउनुभयो । बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको आठ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ । कृषकलाई जैविक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।