हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई
राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।
उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभयो ।