बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

वैकल्पिक लगानीका लागि विशेष कोष स्थापना गरिने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत व्यवस्था गर्ने भएको छ । बोर्डले ‘प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी कोष’ प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली कार्यान्वयनमा ल्याएको छ ।
परम्परागत लगानीको सट्टा नवीनतम् ज्ञान, सीप, क्षमता भएका वा नयाँ वस्तु सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम् उद्यम सञ्चालनका लागि उक्त नियमावलीले अवसर प्रदान गर्ने छ । नयाँ उद्योग तथा व्यवसायमा सञ्चालन गर्न शेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोष, लगानीको उच्च जोखिम रहेका जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी त्यस्ता कोष सञ्चालनमा ल्याइनेछ ।
कोषले योग्य लगानीकर्तासँग लगानी गर्ने सम्बन्धमा लगानी सम्झौता गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । सम्झौतामा कोष व्यवस्थापकले कोषको रकम सरकारको प्रचलित कानूनबमोजिम लगानी गर्न निषेध गरिएको क्षेत्रमा बाहेक लगानी गर्नुपर्नेछ । बोर्डका अनुसार त्यस्तो कोषले अन्तर्राष्ट्रिय सङ्घसंस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई एकाइ निष्कासन गर्दा ऋणका रुपमा समेत गर्न सक्ने व्यवस्था गरिएको छ ।