पाल्पामा प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु

पाल्पा फागुन २५ ।

सुनिल कार्की ।

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाल्पामा पाँच नम्बर प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।

अहिले ७ वटै प्रदेशमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तिव्र रुपमा खेलाडी छनोट भईरहेको छन । सदरमुकाम तानसेन स्थित टुंडिखेलमा पाँच नम्बर प्रदेशका १२ जिल्लाका भलिबल र बुद्धिचाल प्रतियोगिताका खेलाडीको सहभागिता रहेको छ । यही फागुन २५ गते शनिबारबाट सुरु भएको खेलाडी छनोट प्रतियोगिता फागुन २८ गते सम्म चल्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले जानकारी दिनुभयो ।

एक औपचारीक कार्यक्रमका बिच सुरु भएको खेलाडी छनौट प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि पुर्व उद्योग मन्त्री एव प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले राष्ट्रको विकास र समृद्धि सहितको पहिचानको लागि खेलकुद महत्व पुर्ण क्षेत्र भएकाले प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता पाल्पामा हुनु सुखद पक्ष भएको बताउनुभयो । पुर्व मन्त्री पाण्डेले पाल्पा उर्जाशील र मेहेनती खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित रहेको भन्दै पाल्पाको थप खेल क्षेत्रको विकासको लागि ब्यवस्थित खेलमैदान निर्माणमा पहल गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रका अध्यक्ष प्रदेश खेलकुद विकास समिति पाँच नम्बर प्रदेश संयोजक भिम वलीले पाँच नम्बर प्रदेश खेलकुद राम्रो खेलाडी उत्पादनमा अग्र स्थानमा पर्ने भएपनि खेलाडीको पोत्साहन र खेल क्षेत्रको विकासमा अपेक्षकृत बजेट विनियोजन नुहँद थप समस्या भएको बतानुभयो । संयोजक वलीले पाँच नम्बर प्रदेशलाई ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितमा शीर्ष स्थानमा पु्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश पाँचका सांसद डा पुरनमान ब्रज्रचार्यले खेल र खेलाडीको विकास र प्रर्वद्धनको लागि प्रदेश सरकारले निति तथा कार्यक्रम भएकोले अबका दिनमा प्रदेश पाँचको खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

कार्यक्तममा बुद्धिचाल सघका केन्दीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजो ,भलिबल संघका केन्दीय सदस्य रिता कोइराला , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्ले लागायले पाल्पामा सुरु भएको भलिबल र बुद्धिचाल प्रतियोगिताको प्रदेश स्तरीय खेलाडी छनौट हुनुले पाल्पामा पनि खेलाडी छनोटमा सक्षम रहेको बताउनुभएको थियो । प्रतियोगितामा पदेश पाँचका १२ जिल्लाका प्रशिक्षक र खेलाडी सहित ३ सय बढीको सहभागिता रहेको छ । कार्यक्रम प्रतियोगिता संयोजक चन्द्रमणी गैरेको सञ्चालनमा चलेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *