हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कांग्रेसका ५६ जिल्ला सभापतिले दिए विशेष महाधिवेशन बोलाउने चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधिको प्रावधान संशोधन नगरे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै महासमिति भन्दा ठूलो केन्द्रीय कार्य समिति हुन नसक्ने भन्दै निर्णय पर्नुविचार गर्न आग्रह गरेका हुन् । उनीहरुले समानुपातिक तथा समावेशी कोटा दोर्याउन नपाउने व्यवस्था समेत विधानमा राख्नुपर्ने माग दोर्याएका छन् ।
गएको पुष २९ गते देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसरनदिने सम्बन्धि व्यवस्था बैठकबाट पास गरेको थियो ।
महासमितिले पास गरिसकेको उक्त विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने निर्णय माथि पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्न बाध्य हुनेछ ’
केन्द्रमा संस्थापन पक्ष स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधिको पक्षमा भएपनि जिल्ला सभापतिहरु विरोधमा छन् । यो मुद्दामा संस्थापन र संस्थापन इतरपक्षीय अधिकांश जिल्ला सभापतिहरु एकैठाउँमा छन् । कांग्रेसको रुकुम पश्चिम, नवलपरासी पूर्व र स्याङजा जिल्लामा पार्टी नेतृत्व छैन । नयाँ दुई जिल्लामा काम चलाउ र स्याङ्जामा कार्यबाहक सभापति छन् । देउवा निकट रहेका १९ जिल्ला सभापतिहरुले मात्रै विमति राखेका छन् ।
निर्णय सच्याउन माग गर्ने जिल्ला सभापतिहरुको सूची:
प्रदेश-१
१) लिला देवी बोखिम- ताप्लेजुङ
२) नरेन्द्र कुमार केरुङ्ग- पाँचथर
३) हिमालय कर्माचार्य- ईलाम
४) उद्धव थापा- झापा
५) गोविन्द ढुंगाना- तेह्रथुम
६) नन्दमणि राई- भोजपुर
७) नरेश कुमार श्रेष्ठ- खोटाङ
८) बिनोद बस्नेत- सोलुखुम्बु
९) राजिब कोइराला- सुनसरी
१०) डिग बहादुर लिम्बु- मोरङ
११) बिदुर बस्नेत- गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश-२
१) कृष्ण देव यादव- रौतहट
२) अजय दुवेदी- पर्सा
प्रदेश-३
१) उज्जल बराल- सिन्धुली
२) मधु आचार्य- काभ्रे
३) लवश्री न्यौपाने- रामेछाप
४) बिकाश लामा-सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी- नुवाकोट
६) दुर्लभ थापा- भक्तपुर
७) सबुज बानिया- काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा- रसुवा
९) रमेश धमला- धादिङ
१०) जित नारायण श्रेष्ठ- चितवन
गण्डकी प्रदेश
१) बैकुण्ठ न्यौपाने-तनहुँ
२) कृष्ण केसी-कास्की
३) खम्ब गर्बुजा-म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट-मुस्ताङ
५) कुमार राणा-स्याङ्जा
६) बिष्णु प्रसाद लामिछाने-नवलपुर
७) भेषबहादुर पौडेल-लमजुङ
८) हरिबहादुर घले-गोरखा
प्रदेश-५
१) अर्जुन पोखरेल-परासी
२) बिर बहादुर राणा-पाल्पा
३) भुवन श्रेष्ठ-गुल्मी
४) बिष्णुप्रसाद खनाल मुश्कान -अर्घाखाँची
५) सुरेन्द्रप्रसाद आचार्य-कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी- प्युठान
७) अमर सिंह पून-रोल्पा
८) केशरमान रोका-पूर्व रुकुम
९) किरण कोइराला-बाँके
१०) सञ्जय गौतम- बर्दिया
कर्णाली प्रदेश
१) खड्ग बहादुर शाही- मुगु
२) दिप बहादुर शाही-जुम्ला
३) हर्ष बहादुर बम-कालिकोट
४) कृष्ण कुमार बिसी- दैलेख
५) कमल राज रेग्मी-सुर्खेत
६) प्रेम प्रकाश ओली-पश्चिम रुकुम
७) गणेश बहादुर चन्द-सल्यान
८) दिपक जंग शाही- जाजरकोट
९) जयपति रोकाया-हुम्ला
१०) अंगत बुढा-डोल्पा
सुदूरपश्चिम प्रदेश
१) कर्ण बहादुर मल्ल-डडेल्धुरा
२) ललित सिंह बोहरा-दार्चुला
३) नरेन्द्र सिंह थापा-बैतडी
४) हर्कजंग बहादुर सिंह-बझाङ