वामीटक्सारलाई शिक्षाको हवको रुपमा विकास गनुपर्छ: मन्त्री बराल

कौरव खत्री
गुल्मी । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले गुल्मीको वामीटक्सारलाई गण्डकी प्रदेश र ५ नं. प्रदेशको संगम स्थल भएको भन्दै शिक्षाको हवको रुपमा विकास गर्नुपर्ने वताए । सोमवार महेन्द्र आदर्श मावि वामीटक्सारको हिरक महोत्सव तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आठौं दिनको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री वरालले सामाजिक क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै मन्त्री बरालले अवको शिक्षा व्यवहारिक रोजगारमुलक शिक्षा बनाउनु पर्नेमा जोड दिदै मन्त्री बलालले कम्तिमा प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालयको व्यवस्था गर्न तर्फ सरकार अगाडी बढेको बताए ।

महायज्ञमा उदार मनले गरेको दानले शिक्षाको विकास थप सहयोग पुगेको भन्दै महेन्द्र आर्दश माध्यमिक विद्यालय प्राविधिक शिक्षामा रुपान्तरण गर्न आफ्नो मन्त्रालयले सहयोग गर्न तयार रहेको बताए ।

वामीटक्सार बजार राजनीतिक व्यापारिक लगायत हरेक हिसावले इतिहास बोकेको हुनाले अव यसको गौरव बढाउनका निम्ति गण्डकी प्रदेश र ५ नम्वर प्रदेशको संगमस्थलका रुपमा वामीटक्सारलाई सामाजिक,साँस्कृतिक पर्यटकीय,व्यापारिक,आर्थिकसँगै शैक्षिक केन्द्रको रुपमा विकास गदै सबै प्रकारको केन्द्र बनाउन सामाजिक विकास मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले पूवीय दर्शन पछाडी पर्न थालेको अवस्थामा पछिल्लो समयमा पूवीय दर्शनका व्याख्याताहरुमा वृद्धि आएको बताउदै हाम्रो मौलिक कला संस्कृति दर्शन,इतिहास र विज्ञानलाई बचाउने जिम्मा अव नँया पुस्ताको भएको भन्दै यस्तै कार्यक्रमहरुको माध्यमबाट यसको संरक्षण र प्रर्वद्धन गनु पर्ने बताए ।

विद्यालयलाई प्राविधिक शिक्षा संचालन गर्ने उद्धेश्य सहित आयोजना गरिएको महायज्ञमा झण्डै ५ करोड, १ लाख, ५८ हजार,४६रुपैया संकलन भएको महोत्सवका लेखा समिति संयोजक डिल्लीराज खरेलले जानकारी दिए ।

कार्यक्रमको आज समापन गरिने र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद चन्द्र भण्डारीले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *