शिक्षक सारुले गरे तिन विद्यार्थीलाई नगद सहित सम्मान

सुनिल कार्की पाल्पा ।
लक्ष्मी माध्यमिक विद्यालय तानसेन ५ बन्दिपोखराका का एक शिक्षकले विद्यार्थीलाई नगद सहित सम्मान गरेका छन । विद्यालयको ५५ औं वार्षिक उत्सब एव अभिभावक भेलाको अवसरमा गणित विषयका शिक्षक खुम सारुले विद्यार्थीलाई नगद सहित सम्मान गर्नुभएको हो ।

गणित विषयमा पूर्व घोषित पुष्कार अनुरुप २०७४ सालको एसइई परिक्षामा अति उत्तम ल्याउने विद्यार्र्थीहरु पुजा राना, प्रविन मश्राङ्गी र शंकर गैरेलाई प्रति नगद रु ५ हजारको दरले पुरस्कृत गरेको विधालयका प्रधानध्यापक विष्णुु प्रसाद सिग्देलले बताउनुभयो ।

विद्यार्थीलाई अध्यान क्षेत्रमा थप प्रेरण र हौसालमा वृद्धि गरि उनिहरुको उज्वल भविष्यको सारथीको निम्ती विद्यार्थीलाई पुरष्कृत गरेको शिक्षक खुम सारुले बताउनुभयो । अहिले विद्यार्थीलाई प्रेरण र हौसलाको कमीका कारण अध्यानमा रुचि कम हुने भएकाले विद्यार्थीमा प्रतिष्पर्धाको भावना विकास गर्न आफुले पुरष्कार घोषण गरि वितरण गर्ने गरेको बताउनुभयो ।

पछिल्लो समय विषयगत शिक्षकहरुले आफ्नो विषयमै भए पनि विद्यार्थीले राम्रो अंक ल्याउन सफल हुन भन्ने उद्धेशयले पुरष्कार वितरण गर्ने परिपाटीको विकास भएको छ । जसलाई पछिल्लो समय गुणस्तरीय सिकाईको प्रभावकारी माध्यम मानिन्छ । यस प्रभाकारको सिको सबै शिक्षकले गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *