नरमेद्धश्वरको तेस्रो साधारण सभा सम्पन्न

सुनिल कार्की पाल्पा ।
नरमेद्धश्वर शिवालय धाम ब्यावास्थापन समिति तानसेन ५ बन्दिपोखरा पाल्पाको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
तत्कालिन ढाडाकुटी शिवालय मन्दिर कुटीलाई विधिवत रुपमा विसं २०७३ सालमा नरमेद्धश्वर शिवलायधाम नामकरण गरिएको थियो । धामलाई पाँच नम्बर वडाकै पुरानो एैतिहासिक महत्वपुर्ण सम्पदाको रुपमा विकास गर्न धाम व्यवास्थापन समिति ,स्थानिय ,टोलविकास संस्था, युवा क्लवले विभिन्न गतिविधि गर्दे आएका छन ।

धामको एक कार्यक्रमका बिच तेस्रो साधारण सभा पनि महाशिवरात्रीको अवसर पारेरे मनाईएको छ ।

कार्यक्रममा तानसेन नगरपालिका ५ का वडा अध्यक्ष राम बहादुर रावलले नरमेद्धश्वर धामलाई पाँच नम्बर वडाकै महत्वपुर्ण र भक्तजनको अवलोकनको लागि प्रसिद्ध धामको रुपमा विकास गर्न वडाले सहयोग गर्ने बताउनुभयो । वडा अध्यक्ष रावलले धामको विकासका लागि एउटा समितिले मात्रै गरेर नहुने भएकाले वडाका अन्य सरोकारवाले व्यक्ति र संघसंस्थाले पनि धामको विकास र प्रचारको लागि रचनात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिपक विश्वकर्माले धामाको उचित विकास र प्रर्वद्धनको लागि नगरसरकारेले पनि ध्यान दिने बताउनुभयो ।


कार्यक्रममा लक्ष्मी माविका वि व्य समितिका अध्यक्ष विन्दु बहादुर रावलले पनि धामको अपेक्षा कृत थप स्तरउन्नती र विकास हुन नसेकाकाले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धाम व्यवास्थापनि समितिका कोषध्क्ष नगेन्द्र कुवरले करिब १ लाख ५० हजार बराबरको आयव्यय प्रस्तुत गर्नृभएको थियो । कार्यक्रम सल्लकार समिति सदस्य विनोद घिमिरेको स्वागत ,अध्यक्ष रमेश बोहोरको अध्यक्षता र सल्लाकार विष्णु कार्कीको सञ्चालनमा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *