What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सङ्घीयताको आधारशिला स्थानीय तह
What To Know
- गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘स्थानीय तहसँग सम्बन्धित सङ्घीय कानूनहरुको तर्जुमा र पुनरवलोकन’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीले सङ्घीयता कार्यान्वयनका लागि पनि स्थानीय तहलाई कानूनी रुपमा बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सांसद् जनार्दन शर्माले तीनै तह मिलेर संविधान कार्यान्वयन गरे मात्रै देशको विकास हुने धारणा व्यक्त गर्नुभयो । स्थानीय तह सानो कुरामा अल्झिनुभन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।.
- गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढाउन स्थानीय तहको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नेपाल नगरपालिका सङ्घका प्रतिनिधिले स्थानीय सरकार ऐनबमोजिम स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने जिल्लाका विषयगत कार्यालय विभिन्न बहानामा संरचना खडा गरी जिल्लामा नै यथावत् राख्न शुरु गरिएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए ।.
काठमाडौँ । सङ्घीयताको आधारशिला स्थानीय तह भएकाले यसलाई मजबुत बनाउनुपर्ने आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘स्थानीय तहसँग सम्बन्धित सङ्घीय कानूनहरुको तर्जुमा र पुनरवलोकन’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीले सङ्घीयता कार्यान्वयनका लागि पनि स्थानीय तहलाई कानूनी रुपमा बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सांसद् जनार्दन शर्माले तीनै तह मिलेर संविधान कार्यान्वयन गरे मात्रै देशको विकास हुने धारणा व्यक्त गर्नुभयो । स्थानीय तह सानो कुरामा अल्झिनुभन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढाउन स्थानीय तहको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नेपाल नगरपालिका सङ्घका प्रतिनिधिले स्थानीय सरकार ऐनबमोजिम स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने जिल्लाका विषयगत कार्यालय विभिन्न बहानामा संरचना खडा गरी जिल्लामा नै यथावत् राख्न शुरु गरिएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए ।






