वृश्चिक राशि हुनेहरूकाे इच्छा आकांक्षा पूरा हुन्छ याे वर्ष

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

२०७५ साल वृश्चिक राशि हुनेहरूको लागि पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । आश्विन १८ गतेसम्म व्यय भावमा रहने बृहस्पतिले अत्याधिक खर्च गराउनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म जन्मराशि संगबस्ने र फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले अपार एवम् चमत्कारी ढंगले सफलता दिलाउनेछ । योवर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भय रहनेछ ।

व्यापार/व्यवसाय: २०७५ सालमा व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिला सुस्ती हुन सक्ने देखिन्छ ।

प्रेम/सम्बन्ध: प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । वन्धु वान्धवसंगको सम्बन्ध भने नचाहाँदा नचाहाँदै विग्रने अवस्था आउनेछ अत: वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ ।

शिक्षा: वृश्चिक राशिका विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । विज्ञान विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ ।

पेशा/रोजगार: नोकरीगर्नेहरूलाई ख्याती एवम् प्रसंसा कमाउने योग छ । वैदेशिक रोजगामा लागेका व्याक्तिहरूलाई अधिक सफलता मिल्नेछ । बित्तिय तथा न्यायिक पेसामा आवद्ध जातकहररूलाई पनि लाभ मिल्नेछ ।

स्वास्थ्य: स्वास्थ्या सामान्य समस्या देखिने हुदा अनावश्यक उपचार खर्च बढ्नेछ । कान तथा आँखामा समस्या देखिने । मधुमेह बढ्ने अधिक सम्भावना छ, सजक रहनु होला ।

शुभ रङ्ग: सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो ।

शुभ अङ्क: १, २, ३ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय: महाकाल शनि मृत्युञ्जय पाठ, हनुमानचालिसाको पाठ एवम् शिवजीको आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक सफलता मिल्नेछ । दूध चढाएर शिवजीको आराधनागरी असहाय व्यक्तिलाई भोजन र वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *