कन्या राशि हुनेहरूकाे याे वर्ष शुभ/अशुभ मिश्रीत यस्ताे छ वार्षिक राशिफल

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म द्वितीयभाव तथा धनस्थानमा रहने बृहस्पतिले शुभाशुभ मिश्रीत फल दिनेछ र आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म पराक्रम भावमा जाने बृहस्पतिले उक्त समयमा मानशिक चिन्ता बढाउनेछ । फाल्गुन २० गतेपछि सुख भावमा भावमा प्रबेश गर्ने बृहस्पतिले भौतिक सुख प्रदान गर्नेछ । शनि बर्षभरिनै सुख भावमा रहने र अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई नराम्रा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।

व्यापार/व्यवसायः व्यापार दृष्टिले यो वर्ष सुखद् रहनेछ । रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला ।

प्रेम/सम्बन्धः प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछन् । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ ।

शिक्षाः अध्यन अध्यापनको क्षेत्र पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो हुनेछ । व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने केहि कठिनाइको सामना गर्नुपर्नेछ ।

पेशा/रोजगारः नयाँ कार्यको थालनी तथा जागिरमा पदोन्नतीको सम्भावना प्रवल रहेकोछ । वित्तिय संस्थाका कर्मचारीहरूले सजकता अपनाउनुपर्नेछ । वैदेशिक रोजगारमा गएकाहरूका लागि भने त्यति राम्रो हुनेछैन ।

स्वास्थ्यः हृदय तथा नसाको समस्या बढ्नेछ । दिर्घरोगको सम्भावना रहनेछ । घरपरिवारका लागी स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ ।

शुभ रङ्गः हरियो,नीलो,रातो र कालो शुभ रङ्ग हो ।

शुभ अङ्कः १,५ र ६ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः ग्रहपीडा कमगर्न तथा सफलता प्राप्तिको लागी गणेशजी, हनुमानजी तथा विष्णुभगवानको दर्शन/आराधना गर्ने । मंगलवार एवम् चतुर्थी तिथिमा पिपल वा तुलसीको बोटमा जल चढ़ाई महामृत्युंजयको जप तथा हनुमान चालीसको पाठ गर्ने र शनिवार कुकुरलाई रोटी दिनाले कार्यमा अधिक सफलता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *