गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

काठमाण्डाैमा ४ रेक्टर स्केलको भूकम्प: कीर्तिपुर केन्द्रविन्दु
कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ ।