नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ताप्लेजुङमा भूकम्पकाे धक्का
काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।
यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।