नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रबि लामिछानेसँग विहे गरेकी निकिताले दिइन् अध्यक्षबाट राजिनामा
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताउनुभयो । उहाँ २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गर्नुभएको छ ।