यूएईविरुद्वको एकदिवसीय र टी–ट्वान्टी सिरीजमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ ।
नेपालले यूएईविरुद्वको एकदिवसीय र टी ट्वान्टी सिरीजमा ऐतिहासिक जीत हात पारेको छ । तीन एकदिवसीय र तीन टी ट्वान्टी सिरीज खेल्न यूएई गएको नेपालले दुवै सिरीज जित्दै नेपाललाई ऐतिहासिक जीत दिलाएको हो । तीन एकदिवसीय र तीन ट्वान्टी ट्वान्टी सिरीजका लागि यूएईमा रहेको नेपालले एकदिवसीय र टी ट्वान्टी दुवै सिरीज आफ्नो पोल्टामा पार्न सफल भयो । एकदिवसीय सिरीज २–१ ले जीतेको नेपालले टी ट्वान्टीमा पनि यूएईलाई २–१ ले पराजित गर्यो । अन्तिम खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्यो ।
वर्षाले प्रभावित भएको खेल १० ओभरमा झारिएको थियो । नेपालले १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनायो । १ सय ५ रनको विजयी लक्ष्य पाएको यूएई निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा रोकियो । नेपालको जीतमा करन केसीको प्रदर्शन उत्कृष्ट रहयो । ब्याटिङमा १० रन बनाएका करनले बलिङतर्फ २ विकेट लिए ।
नेपालका पारस खडकाले २९, सन्दीप जोराले २८ र विनोद भण्डारीले २१ रन बनाए । बलिङमा करन केसी, अभिनास बोहरा र ललितराजवंशीले समान २–२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानले एक एक विकेट लिए ।
आइसीसीको एकदिवसीय मान्यता पाएको ६ महिनामा नेपालले प्राप्त गरेको यो सफलता अहिले सम्मकै ठूलो हो । नेपालको चिरपरिचित प्रतिद्वन्द्धी यूएईमाथि नेपाल दुवै सिरीजमा हाबी हुँदा यूवा खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो ।
आइसीसीको आधिकारीक यो सिरीजमा नेपाली खेलाडीले विश्व रेकर्ड राख्न पनि पछि परेनन् । एकदिवसीय क्रिकेटमा कम उमेरमा नै अर्धशतक बनाउने रेकर्डमा नाम लेखेका रोहितकुमार पौडेल पछि टी ट्वान्टीमा कम उमेरमा नै रन बनाउने रेकर्ट सन्दीप जोराले राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *