नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कलाकारितामा करिअर खोज्दै गुल्मेली कलाकार अनन्त भण्डारी (भिडियो)
काठमाडौँ । लोकप्रिय गायक टीका बम्जनको आधुनिक गीत जुनी जुनी तिम्रै हुन मन छ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा म्यूजिकको युट्युव मार्फत आइतबार सार्वजनिक भएको हो । गीतमा सांगे ब्लोनको शब्द रचना तथा टीका बम्जनको संगीत र स्वर रहेको छ ।
काठमाडौँ उपत्यकाका बिभिन्न ठाउँमा छायांङ्कन गरिएको जुनीजुनी गीतको भिडियोमा नवबोदित कलाकार अनन्त भण्डारी र सम्झना दोङको बेजोड अभिनय रहेको छ । सुमन लामाको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन राजेन्द्र लामाले गरेका छन् । गीतकोे बजार ब्यवस्थापन बुढा सुब्बा म्युजिक प्रालिले गरेको छ ।
नबोदित गुल्मेली कलाकार भण्डारीको यो दोस्रो म्युजिक भिडियो हो । यसअघि उनले किन होला मेरो मन बोलको गीतमा अभिनय गरेका छन् । सानैदेखि अभिनयमा रुची राख्ने भण्डारी पछिल्लो समय केही म्युजिक भिडियो मार्फत कलाकारितामा करियर खोज्दै छन् । पारिवारिक सहयोग र आफ्नो रुचीले अभिनय क्षेत्रमा लागेको बताउने उनी अध्ययनसँगै काठमाडौँमा बिजनेश गर्छन् ।
हेर्नुहोस् पूरा भिडियो –