What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

विद्यालयलाई आर्थिक सहयाेग जुटाउन जापानमा उपसमिति गठन
What To Know
- गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले आँउदो फाल्गुन १३ देखि २० गते सम्म विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरि विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्न जापानमा रहेका वामीवासीहरुले उपसमिति बनाएर जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियान थालिएको आर्थिक संकलन उपसमितिका उपसंयोजक दिलिप थापाले जानकारी दिए ।.
- सोही अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिरहेका छ ।.
कौरव खत्री
गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयको लागि आर्थिक सहयोग जुटाउन वामी सेवा समिति जापानले आर्थिक संकलन उपसमिति गठन गरेको छ । जापानमा वामी सेवा समिति जापानले समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन उपसमिति जापानको गठन गरेको छ ।
आर्थिक संकलन उपससमितिको उपसंयोजकमा दिलिप थापा, उपसमितिका अन्य सदस्यहरुमा कृष्ण घिमिरे,विष्णप्रसाद सापकोटा,गोकुल खत्री,होमलाल सापकोटा,दिपु सापकोटा,महेन्द्र सापकोटा,भुवन सापकोटा रहेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले आँउदो फाल्गुन १३ देखि २० गते सम्म विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरि विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्न जापानमा रहेका वामीवासीहरुले उपसमिति बनाएर जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियान थालिएको आर्थिक संकलन उपसमितिका उपसंयोजक दिलिप थापाले जानकारी दिए ।
सोही अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिरहेका छ ।
“सीपयुक्क्त जनशक्ति निर्माणको इच्छा नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा” भन्ने मुल नारा सहित विद्यालयले महायज्ञबाटै ५ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ ।