बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिलाे खेल मै सन्दीपले राखे विश्व रेकर्ड
काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोराले टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका छन् ।
युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरे । बिहिबार भएको युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् । उनको उमेर १७ वर्ष १०३ दिनको छ ।
आईसीसीले ट्वीट गर्दै जोराले विश्व रेकर्ड राखेको पुष्टि गरेको छ ।
Nepal’s Sundeep Jora has become the youngest man to score a T20I fifty at the age of 17 years, 103 days with 53* on debut, but it wasn’t enough to stop UAE claiming a 21-run victory in the 1st T20I in Dubai.#UAEvNEP scorecard ➡️ https://t.co/kds3bCLVqu pic.twitter.com/nekXry6lCF
— ICC (@ICC) January 31, 2019