नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रंगशाला बनाउँछु भन्नेको बैंक खातामा कति पैसा छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गर्नुभएको छ । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुबैको प्रशंसा गर्नुभएको हो ।
बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै प्रशंसा गर्नुभयो । उहाले सहयोग गर्छु भन्नेहरुलाई रकममै बाचाअनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गर्नुभएको छ ।
यो पनि पढ्नुहोस :
यस्ताे बन्ने छ धुर्मुस सुन्तलीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ( 3D भिडियाे )