बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला माघ १८ मा
नवलपुर । प्रकृति,संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान भन्ने नारा सहित होमस्टे(घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवं सम्मेलन माघ १८ गते हुने भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ मा रहेको पिप्रहर सामुदायिक होमस्ट ग्राममा सम्मेलन हुने मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । २० गते सम्म चल्ने सम्मेलनमा नेपालको राष्ट्रिय होमस्टे निति निर्माण गर्ने, होमस्टेमैत्री प्रदेश स्तरीय कार्यविधि निमार्णको लागि पहल, अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको होमस्टेलाई परिचित गराउने, होमस्टे दर्ता संचालन एवं निरिक्षण गर्ने कार्यमा समय सापेक्ष विकास गर्ने निति र नेतृत्व निमार्ण गर्ने जनाईएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रममा सात वटै प्रदेशका सामुदायिक र निजि होमस्टे बाट ४ सय ५२ जना प्रतिनिधी सहभागि हुने होमस्टे(घरबास) एशोसिएसन नेपालका उपाध्यक्ष धनिश्वर बस्यालले बताउनुभयो । सम्मेलनले नयां नेतृत्व समेत चयन गर्नेछ ।
देशभरका होमस्टेहरुको सेवाको गुणस्तरमा वृद्धि, एकरुपता, प्रर्वद्धन, ग्रामिण तथा सहरी पर्यटन विकास गर्ने उदेश्यले २०७० सालमा होमस्टे एशोसिएसनको स्थापना गरिएको हो । हाल नेपालमा ४२ जिल्लामा १ सय ५९ वटा सामुदायिक र १ सय १६ वटा निजि होमस्टे संचालनमा छन ।