बालिकाको मृत्युपछि मोरङमा ७ वटा टिपर जलाइए , विराट चोक तनावग्रस्त

काठमार्डौं ।
मोरङको सुन्दर हरैंचा नगरपालिका वडा नं ११ सिसौघारीमा सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भए पछि स्थानियले ७ वटा टिपर जलाइदिएका छन । अहिले बालिकालाई ठक्कर दिने विराट चोक तनावग्रस्त बनेको छ ।
स्थानीय प्रशासनले मोरङको विराटनगर(विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्म साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी पनि गरेको छ ।

सोमबार विहान बिराटनगरतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरसहित ७ वटा सवारी साधन जलाएको बेलबारी प्रहरी कार्यालयले जानकारी दिएको छ । वालिकालाई ठक्कर दिने सवारी चालक फरार रहेको प्रहरीको भनाइ छ ।

विराटनगरमा बसेको जिल्ला सुरक्षा समिति मोरङको आपतकालीन बैठकले अर्की आदेश नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
उत्तरी मोरङका खोलानालामा टिपर र ट्रकहरु धेरैको संख्यामा चल्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *