बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

रातो प्रेस कार्ड बोक्दैमा पत्रकार भइदैन अध्यक्ष आचार्य
पाल्पा ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले रातो प्रेस कार्ड बोकेर हिँड्दैमा पत्रकार नभइने बताउनुभएको छ ।
पाल्पाको तानसेनमा पत्रकार आचारसंहिता जागरण कार्यक्रममा अध्यक्ष आचार्यले कतिपय राजनैतिक दलका नेताहरुले समेत रातो कार्ड लिएर हिडेकाले उनीहरुलाई पत्रकार भन्न नमिल्ने स्पष्ट पार्नुभयो । अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघको कार्ड नै रातो कार्ड सरह मान्यता पाउनुपर्ने प्रेस काउन्सिल नेपाल र महासंघको माग रहेकाले अब छिट्टै नै महासंघको कार्डले नै रातो कार्डको मान्यता पाउने बताउनुभयो ।
अध्यक्ष आचार्यले देश नयाँ संरचनामा गईसकेकाले अब स्थानीय तहबाटै मिडियाका विषयमा बहस जरुरी रहेको बताउनुभयो । पत्रकार महासंघको सदस्य बनेको व्यक्ति स्थानीय तहमा सल्लाहकार बन्नु त्यत्ति उचित नहुने धारण व्यक्त गर्नुभएको थियो ।