What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ए हजुर ! गाउँघरमा बाँदरले दुख दिएको छ ? अपनाउनुस यस्तो तरिका ,जुन पाल्पाको अर्गलीमा अपनाइयो र यसरी भयो सफल प्रमाणित
What To Know
- पाल्पा । पछिल्लो समय जाहात्यही बाँदरले गाउँघरमा किसानलाई असाधै दुख दिएको छ । बाँदरको सास्ती खेप्न नसकेर कति गाउँले थातथलो छाडेर अन्यन्त्र पलाएन हुन बाध्य छन । वनका जगंली फलफुलमा भुल्ने बाँदर पछिल्लो समय तिव्र वन विनाशका कारण आहारको खोजीमा गाउँघर छिर्न थालेका छन । जुन अहिले गाउँघरको ठुलो टाउँको दुखाईको विषय बनेको छ ।.
पाल्पा । पछिल्लो समय जाहात्यही बाँदरले गाउँघरमा किसानलाई असाधै दुख दिएको छ । बाँदरको सास्ती खेप्न नसकेर कति गाउँले थातथलो छाडेर अन्यन्त्र पलाएन हुन बाध्य छन । वनका जगंली फलफुलमा भुल्ने बाँदर पछिल्लो समय तिव्र वन विनाशका कारण आहारको खोजीमा गाउँघर छिर्न थालेका छन । जुन अहिले गाउँघरको ठुलो टाउँको दुखाईको विषय बनेको छ ।
यस्तो बाँदरको समस्यलाई निराकरण गर्न पाल्पाको अर्गलीमा अनौठो उपाय अपनाइएको छ । अहिले स्थानियले बाँदर धपाउन बाघको प्रयोग गर्न थालेका छन । तर बाघ भने नक्कली अर्थात बजारबाट २५ सयमा किनेर लगिएको (गुडिया) बाघ हो । घरमा, गाडीमा सजावटका लागि प्रयोग गरिने गुडिया नक्कली बाघ पाल्पाको तानसेन नगरपालिका १४, अर्गली कुसेनीमा बाँदर धपाउनका लागि प्रयोग गर्न थालिएको छ । स्थानीयले अहिले खेतबारी बाँदर आउन साथ नक्कली (गुडिया) बाघ बोकेर बाँदर भएतिर लैजाने गरेका छन । बाँदरले बाघ देखेर डराउने भएकोले यस्तो उपाय अपनाइएको स्थानियको भनाई छ । हुन पनि यस्तो किसिमको नक्कली (गुडिया) बाघ बारीमा पुराउने वित्किै बाँदरको सातो पुत्लोे जाने गरेको छ । बाँदर नक्कली बाघ देखिन साथ भग्ने गरेको र पछि नफर्कर्ने समेत गरेको पाइएको स्थानिय बुढापाकाको अनुभव छ ।
बाँदरबाट पिडित बनेर स्थानिय सरकार देखी प्रदेश सरकारसम्मको हारगुहार मागेका पाल्पाका स्थानियले अहिले आफ्नै बलजुक्त्तिबाट समस्यको समधान निकालेका छन जसलाई अन्य भेगका जनताले पनि अनुसरण गर्न सके बाँदरको समस्या समधान हुने देखिन्छ ।